मिस अर्थमा सहभागी हुन रेना मजगैयाँ भियतनामतर्फ प्रस्थान

फिल्मी फण्डा । मिस अर्थ सौन्दर्य प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा सहभागी हुन मिस नेपाल अर्थ रेना मजगैयाँ भियतनामतर्फ प्रस्थान गरेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका पदाधिकारीले बिदाइ गरे ।

 मिस अर्थको २३ औं संस्करण आगामी पुस ६ गते भियतनामको हो चि मिन्ह सहरमा हुँदैछ । नेपालको हिमालय पग्लिएकोसहित बाढीपहिरोजस्ता जलवायु संकटको मुद्दा आफूले मिस अर्थमा पेश गर्ने उनले बताएकी छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech