प्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

फिल्मी फण्डा ।प्रमोद खरेलको  अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त  गीत समीप निरौला युटुब च्यानलमा सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दूर लायौ’मा दीपक शर्माको शब्द र कार्कीजीको संगीत रहेको छ भने विशाल निरौलाको एरेन्ज रहेको छ ।
समीप निरौला, सिर्जना कोइराला र सुवास शाहको अभिनय रहेको  वियोगान्त भावको भिडियोमा राम केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन, माधव शर्माको सह निर्देशन र समीपकै कथा, पटकथा तथा निर्देशन छ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech