नाजिर र कबिताको 'मायामा यस्तो किन ?’ (भिडियो)

फिल्मी फण्डा । अभिनेता नाजिर हुसेन र कविता रायाको अभिनय रहेको म्युजिक भिडियो 'मायामा यस्तो किन ?' रिलिज गरिएको छ । बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा एलिना चौहानको स्वर रहेको छ । 

गीतको भिडियोमा अभिनेता नाजिर भिन्न लुक्समा कवितासँग रोमान्टिक अवतारमा प्रस्तुत छन् । फिल्मी शैलीमा तयारी पारिएको गीतको शब्द रचना तथा संगीत नरेश जोगीको रहेको छ । 

गणेश चौधरीको संगीत संयोजन रहेको भिडियोमा निर्देशक चौहान स्वंयमको कोरियोग्राफी रहेको छ । पिके फिल्स्को ब्यानरमा निर्माण भएको भिडियोमा नवराज उप्रेती एण्ड टिमको छायांकन, कलर तथा सम्पादनको जिम्मेवारी मिलन बिश्वकर्माले सम्हालेका छन् ।
https://youtu.be/LhXLXLxkuBA

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech