विश्वचर्चित फेसन डिजाइनर प्रबल गुरुङ काठमाडौंमा 

फिल्मी फण्डा । विश्वचर्चित फेसन डिजाइनर प्रबल गुरुङ यतिबेला काठमाडौंमा छन् ।  काठमाडौंको नयाँ बानेश्वरमा प्रबलको घर छ ।

केही दिनअघि न्युयोर्कबाट काठमाडौं आइपुगेका उनको नेपाल बसाइ भने छोटो छ । एक–दुई दिनमै उनी मुम्बई जाने तयारीमा छन् ।

अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामा, बेलायती राजकुमारी केट मिडल्टनदेखि विश्वचर्चित हलिउड र बलिउड सेलिब्रिटीको पहिरन डिजाइनले उनी परिचित छन् । उनले अमेरिकामा एसियालीअमेरिकीहरुको हकहितमा आवाज उठाउँदै आएका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech