फिल्मी फण्डा। रणवीर कपुरले दक्षिण भारतीय सुपरस्टार प्रभाससँग स्क्रिन शेयर गर्न सक्ने सम्भावना बढेको छ ।
हालै एनिमलको टे«लर लञ्चमा निर्देशक संदिप रेड्डी वांगालाई सोधिएको प्रश्नको उत्तरले यसको अपेक्षा बढाएको हो । लञ्च कार्यक्रममा वांगाको साथमा रणवीर कपुर, रश्मिका मन्दना र बबी देओल पनि थिए । सोही अवसरमा वांगालाई स्पाईभर्स र कपभर्स बलिउडमा नयाँ चलन बनेको भन्दै आगामी दिनमा रणवीर कपुरको एनिमल र प्रभासको स्पिरिट एकै साथमा आउन सक्छ भनेर सोधिएको थियो । यसको उत्तरमा निर्देशकले अहिले यसबारे केही नसोचेको, तर यस्तो केही भयो भने भन्छु भन्ने उत्तर दिएका थिए ।
एनिमलका निर्देशक वांगाले नै प्रभासको स्पिरिटको पनि निर्देशन गरिरहेका छन् । यो फिल्ममा प्रभास एक प्रहरी अधिकारीको भूमिकामा देखिनेछन् । वांगाको कुराले अहिले नै रणवीर र प्रभास एउटै पर्दामा ल्याउने तयारी नभएको स्पष्ट छ । तर भविष्यमा दुबैलाई एउटै पर्दामा देखिने सम्भावना भने छ ।