नेपाल रिलिजअघि नै ‘द रेड सुट्केस’को जर्मनीमा प्रिमियर

फिल्मी फण्डा । नेपालमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘द रेड सुट्केस’लाई जर्मनीको प्रतिष्ठित मानहायम हेडेलबर्ग फेस्टिभलमा प्रिमियर गरिएको छ । फेस्टिभलको मुख्य प्रतिस्पर्धामा फिल्म छनोट भएको हो ।

 प्रदर्शनपछि फेस्टिभलमा दर्शकमाझ प्रश्नोत्तर समेत चलाइएको थियो । सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको यो फिल्मको वर्ल्ड प्रिमियर चाहिं यस वर्षको प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा भएको थियो । भेनिसमा यसले मेन्सन अवार्ड जित्यो । स्वीट्जरल्याण्डको जुरिच फिल्म फेस्टिभलमा समेत मनोनयन भएको थियो । फिडेल देवकोटा निर्देशित फिल्मले वैदेशिक रोजगारीको सामाजिक असरको कथा भन्छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech