‘जवान’ बन्यो नेटफ्लिक्समा धेरै हेरिने फिल्म 

फिल्मी फण्डा । समग्रमा सन् २०२३ अभिनेता शाहरुख खानका लागि कीर्तिमान रच्ने वर्ष बन्यो । ‘पठान’पछिको उनको फिल्म ‘जवान’ले बक्स अफिसमा आँधी नै ल्यायो । दक्षिण भारतीय निर्देशक एट्लीसँग उनको पहिलो सहकार्य पनि थियो ।

हलमा रिलिज भएको महिनापछि ‘जवान’को बिस्तार संस्करण ओटीटीमा रिलिज भएको छ । हलमा हेर्न नपाइएका फिल्मका कतिपय दृश्य ओटीटी संस्करणमा समावेश छन् । पुनः दर्शकको हृदयमा राज गर्दै शाहरुख–नयनतारा स्टारर फिल्म नेटफ्लिक्समा सर्वाधिक हेरिएको फिल्म समेत बनेको छ ।

शाहरुखसहित विजय सेतुपति र नयनताराको शीर्ष भूमिका रहेको यो फिल्म सेप्टेम्बर ७ मा हलमा रिलिज भएको थियो । खानको जन्मदिन नोभेम्बर २ मा हिन्दी, तमिल र तेलुगू संस्करणमा फिल्मको बिस्तारित भाग रिलिज भएको थियो । रिलिजको दुई सातामै ‘जवान’ भारतमा नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ ।

यो फिल्ममा शाहरुखले दोहोरो भूमिका निर्वाह गरेका छन्, जसलाई दर्शकले रुचाएका थिए । ‘जवान’लाई रेड चिल्लीज इन्टरटेनमेन्टले निर्माण गरेको हो । नेपालमा समेत यसले उछाल कमाइ गरेको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech