ठूलो पर्दामा पिता शाहरुखसँगै डेब्यू गर्दै  सुहाना

फिल्मी फण्डा । बलिउड हंगामाका अनुसार शाहरुखको अर्को भेञ्चर सुजोए घोषले निर्देशन गर्नेछन् । यो फिल्ममा शाहरुखको साथमा अरु कोही नभएर उनकै छोरी सुहाना खानको पनि अभिनय रहनेछ । स्रोतहरुका अनुसार यो फिल्म भव्य एक्शन थ्रिलर हुनेछ ।

फिल्मको सुटिङ सन् २०२४ को नोभेम्बरमा शुरु हुँदैछ । अर्को वर्षको मार्चमा शुटिङ सम्पन्न हुने अपेक्षा गरिएको छ । फिल्मको शुटिङ भारत र विदेश दुबैतिर जोरसोरका साथ हुने बताइएको छ । फिल्मको नाम अहिलेसम्म फाइनल भइसकेको छैन । सुजोए घोषको यो महत्वकांक्षी फिल्म ठूलो पर्दामा सुहानाको डेब्यू हुनेछ ।  

सुहानाले नेटफ्लिक्सको फिल्म द आर्चिजबाट एक्टिङ डेब्यु गरेकी छिन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech