छायांकनमा जानुपूर्व नै सन्तोष सेन निर्देशित फिल्म 'बलिदान'को टिजर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । सन्तोष सेन निर्देशित चलचित्र बलिदानको टिजर सार्वजनिक भएको हो । चलचित्र आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्र छायांकनमा जानुपूर्व नै टिजर ओएसआर डिजिटल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । चलचित्रको कलाकार र प्राविधिक टिम फाइनल भईसकेको छैन ।

चलचित्र प्रेमगीत सिरिजका श्रेष्ठ चलचित्र दिएका र नेपाली सिनेमाको अन्तरास्ट्रिय प्रदशनको ऐतिहासिक सुरुवात गरेका निर्माता तथा निर्देशक सन्तोष सेनले यो चलचित्र निर्देशन गर्नेछन् भने पवन विष्ट निर्मातामा रहेका छन् । 

 कार्यकारी निर्मातामा चक्रबहादुर चन्द र प्रेम पुरी रहेका छन् । त्यस्तै चलचित्रलाई प्राध्यापक एवम् लेखक दर्शन जी ले लेखेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech