दर्शकको राम्रो साथ पाउँदै फिल्म ‘दिमाग खराब’

फिल्मी फण्डा– निश्चल बस्नेत निर्देशित फिल्म  ‘दिमाग खराब’ले दर्शकको राम्रो साथ पाएको छ । रिलिजको पहिलो दिन शुक्रबार औसत ओपनिङ गरेको फिल्म ‘दिमाग खराब’ले शनिबार भने दर्शकको राम्रो साथ पाएको हो ।

आज आइतबार पनि राम्रो साथ पाउने अपेक्षा निर्माण टिमले गरेको छ ।  हलमा दर्शकको चाप बढेपछि यसको टिम पनि विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् ।  फिल्म हेर्न आएका सबै जसो दर्शकले यसको कथावस्तुलाई रुचाएका छन् । 

यो फिल्म आम नेपालीहरूले हेर्नुपर्ने धारण राख्दै दर्शकहरुले लामो समयपछि एउटा सशक्त कथामा फिल्म हेर्न पाएको बताएका थिए ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त सार्वजनिक कार्यक्रममा पुगेरै यो फिल्म हेर्न आग्रह गरिरहेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech