फिल्मी फण्डा– यो वर्षको फागुण २५ अर्थात महाशिवरात्रीमा सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘अगस्त्य’ रिलिज हुने पक्का भएको छ ।
निर्माणपक्षले केही दिनमै फस्टलुक सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गर्न लागेको हो ।
यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत्त लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मको छायांकन भारत र नेपालमा गरिएको छ ।
फिल्ममा सौगात मल्लको दुई वटा रुप हेर्न सकिनेछ ।