मनोजको 'घर त गैरी गाउँ' सार्वजनीक

फिल्मी फण्डा । जापानमा रहेर पनि नेपाली गीत संगीत मार्फत नेपाली दर्शक श्रोता माझ आइरहने गायक मनोज केसीले आफ्नो नयाँ गीत 'घर त गैरी गाउँ' बजारमा ल्याएका छन् l

नेपाल हुदाँदेखि नै एल्बमहरु निकाल्दै आएका मनोजले कर्म थलो जापान पुगेपछि पनि नेपाली लोक गीत संगीतलाई माया मार्न भने सकेका छैनन्  l 

आर.के.गुरुङ र मनोज केसीको शब्द , आर.के.गुरुङकै संगीत रहेको उक्त गीतमा मनोज केसी र गायिका अस्मिता अधिकारिको स्वर रहेको छ  l 

दिपेन्द्र तिमिल्सिनाको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोमा जुना सुन्दास, आयुस्मा कार्की, गणेशमान घले र रमेश थापाको अभिनय रहेको छ l

आर के गुरुङ युटुव च्यानल मार्फत सार्वजनिक भएको म्युजिक भिडियोलाई बिष्णु हरि तिमिल्सिनाले सम्पादन गरेका हुन् l

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech