फिल्मी फण्डा । बलिउड फिल्म 'पठान'ले विश्वभरीबाट माघ १८ गते बुधबारसम्ममा ६६७ करोड रुपैयाँ कलेक्सन गरेको छ । 'पठान'ले बलिउडकै धमाकेदार कमब्याज गराएको भनेर चर्चा भैरहेको छ । शाहरुखको कमाब्याक झनै धमाकेदार भएको छ ।
पछिल्ला केहि फिल फ्लप भएकाले शाहरुखको स्टारडममाथि शंका पैदा हुन थालेको थियो । तर, 'पठान'बाट शाहरुखले आफ्नो दम देखाइदिएका छन् ।
दर्शक र समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको 'पठान' आजबाट दोश्रो हप्तामा प्रवेश गरेको छ भने अझै धेरै दिन उल्लेखनिय व्यापार गर्ने देखिएको छ । 'पठान'ले इण्डियामा मात्रै ३४८ करोड रुपैयाँको व्यापार गरेको छ ।
सिद्धार्थ आनन्दको निर्देशन गरेको फिल्ममा शाहरुख संगै दीपिका पादुकोण र जोहन अब्राहमको मुख्य भूमिका छ ।