कति गर्यो ‘पशुपति प्रसाद २’ ले व्यापार ? 

फिल्मी फण्डा– दशैंको अवसर पारेर शनिबारदेखि रिलिजमा आएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा रामो सुरुवात गरेको छ । 

देशभरका अधिकांश हल बिहानैदेखि हाउसफूल थिए ।  शनिबार फिल्मको व्यापार २ करोड माथि भएको अनुमान गरिएको छ । 

यो नेपाली फिल्मका लागि बम्पर ओपनिङ हो । दशैंमा फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसलाई मन पराएका छन् । 

निर्देशक दीपेन्द्र के खनालले हलमा पुगेका दर्शक खुशी भएर फर्किएको बताए । खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बनियाँ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech