रोशन र अस्मिताको ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा– गायक रोशन अधिकारी र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गरिएको भिडियोमा गायक रोशन स्वयमले नै अभिनय गरेका छन् भने उनलाई प्रिज्मा र प्रिन्सी खतिवडा तथा राज आचार्यले साथ दिएका छन् ।

डान्सिङ्ग बिटमा बनेको भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफी गरेका हुन् । स्टार इन्टरटेनमेन्ट नेपालले निर्माण गरेको गीतमा लेखु सहयात्रीको शब्द संगीत, उदय राज पौडेलको एरेन्ज रहेको छ। सार्वजनिक भिडियोलाई दिन्सन शाहले कलर करेक्सन गरेका हुन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech