फिल्मी फण्डा। भदौको तेस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘एक्का तीन’को लुक्स सार्वजनिक गरिएको छ । दुई मुख्य अभिनेत्रीलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको लुक्समा पूजा शर्मा र कविता नेपालीबीचको टकराव देखाइएको छ ।
सार्वजनिक पोस्टरमा पूजा शर्मा र मोडल तथा अभिनेत्री कविता नेपालीलाई एङ्ग्री अवतारमा प्रस्तुत गरिएको छ । दुवैको लुक्समार्फत उनीहरूबीचको टकरावलाई स्पष्ट रूपमा देखाइएको छ ।
जुना फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा नायक को रहने भन्ने विषयमा भने निर्माण पक्षले केही खुलाएको छैन ।
रुपेश तामाङको निर्देशनमा बन्न लागेको फिल्मको लेखन सुमन गजमेरले गरेका छन् । फिल्ममा रामकृष्ण खरेल र अनुप गडालको लगानी रहनेछ।
एक्सन जनरामा निर्माण हुन लागेको फिल्ममा दुई अभिनेत्रीबीचको लडाइँलाई मुख्य विषय बनाइने जनाइएको छ । पूजा र कविताको टकरावलाई दर्शकले चासोका साथ हेर्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।