फिल्मी फण्डा। आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘बलिदान’ को शीर्षक (थिम लुक) सार्वजनिक गरिएको छ । निर्माताको रुपमा पवन ब्राडफोर्ड बिष्ट तथा लेखकको भूमिकामा त्रिविका प्रोफ़ेसर, लेखक एवम् साधक दर्शन जी रहनेछन् । स्क्रिप्ट डक्टरको रुपमा मनोज पण्डित को भुमिका रहनेछ।कार्यकारी निर्माता तर्फ चक्र ब चन्द प्रेम पुरी रहनेछन् ।
सार्वजनिक सामग्री अनुसार कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्ग (सल्वार्टन) का बीच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक र सामाजिक द्वन्द्वर आन्दोलनहरूका उत्पति, कारण र परिणाम लाई यथार्थ चित्रण गरिनेछ ।
तिहार लगत्तै छायांकनमा जानेगरी निर्माण टिमले तयारी गरिरहेको छ । अहिले प्रि–प्रोडक्शनको काम भइरहेको जनाइएको छ तर चलचित्रमा अभिनय गर्ने कलाकार भने सार्वजनिक गरिएको छैन ।