फिल्म ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक, ट्रेलर राजनीतिक विषयमा केन्द्रित(भिडियोसहित)

फिल्मी फण्डा– निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक भएको छ । समाज र राजनीतिसँग जोडिएका विभिन्न पात्रलाई ट्रेलरमा देखाइएको छ । 

सिनेमा आर्ट् र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्रसहित दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । तिहार छेकोमा कार्तिक २४ गतेदेखि फिल्म प्रदर्शनमा आउँदैछ । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा छन् ।

सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन वाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech