फिल्मी फण्डा– गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो साता राम्रो व्यवसाय गरेको फिल्मले दोस्रो साता पनि राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ ।
प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी लगायतको अभिनय रहेको फिल्म नारायण रायमाझीले निर्देशन गरेका हुन् । फिल्म राजेश बंशल र निर्देशक रायमाझीले निर्माण गरेका हुन ।
नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको फिल्म रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन छ ।