बलिउड सिनेमामा किस : तरकारीमा नुन जस्तै

 

फिल्मी फण्डा   बलिउड सिनेमामा 'लिप किस' एउटा ट्रेण्ड जस्तै भएको छ । किस बिनाको सिनेमा कमै मात्र देख्न पाइन्छ अचेल । 

हीरो र हीरोइनको रोमान्टिक सिनमा किस नभए त तरकारीमा नुन नभए जस्तै मानिन थालिएको छ । बलिउडमा अचेल अभिनेता अभिनेत्रीहरु किस सिन गर्न हिचकिचाउदैनन् ।

आज मात्र सार्वजनिक भएको रणवीर कपूर र श्रद्धा कपूर अभिनित फिल्म 'तु झुटि मे मक्कार'को 'तेरे प्यार मे' बोलको गीतमा पनि किस सिन राखिएको छ । यसमा त किसलाई डान्स स्टेप नै बनाएर प्रस्तुत गरिएको देख्न सकिन्छ । 

तर, नेपाली फिल्ममा भने किस सिन गर्न अझै पनि हिचकिचाउछन् अभिनेता अभिनेत्रीहरु । 'किस सिन छ भने फिल्म नै गर्दिन' भन्नेहरु पनि धेरै छन् । नेपालमा किस सिन देखाइएको निक्कै कम फिल्म छन् । धेरै फिल्ममा किस सिनलाई चिटिङ्ग गरेर खिच्ने गरिन्छ । तर, आर्टिस्टिक तरिकाले, कथाको माग अनुसार खिच्ने हो भने कलाकारलाई यस्ता सिनसंग समस्या हुनु भने हुँदैन ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech