हरेक हप्ता नेपाली फिल्मको रेकर्ड तोडिनुपर्छ :  खगेन्द्र लामिछाने 

फिल्मी फण्डा– निर्माता तथा लेखक खगेन्द्र लामिछानेले  हरेक साता बक्स अफिसमा नयाँ रेकर्ड बन्नुपर्ने बताएका छन । मिडिया कुराकानीमा उनले सो कुरा बताएका हुन ।

उनले भने–‘हामीले कहिले पनि रेकर्ड तोड्नुपर्छ भनेर सोचेका छैनौं । तर, मिडियाले डरको रुपमा यसलाई प्रस्तुत गरेको छ । म त के भन्छु भने हरेक साता नेपाली फिल्मले पुरानो रेकर्ड ध्वस्त पार्नुपर्छ ।’

उनले, ‘कबड्डी ४’को रेकर्डलाई ‘पशुपति प्रसाद २’ले ध्वस्त पार्नुपर्ने बताउँदै भने–‘फेरि, दिमाग खराबले हाम्रो रेकर्ड तोड्नुपर्छ । एकपछि अर्को रेकर्ड तोडिएको खण्डमा मात्र बक्स अफिस बलियो हुन्छ ।’

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech