फिल्मी फण्डा– विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘पशुपतिप्रसाद २ स् भष्मे डन’को ट्रेलर सार्वजनिक भएको छ । सात वर्षअघि रिलिज भएको ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखलाको रुपमा बनेको फिल्म हो ‘भष्मे डन’ ।
ट्रेलरमा स्वस्तिमा खड्कासँग भष्मेको रोमान्टिक किस्सालाई पनि प्रस्तुत गरिएको छ । ट्रेलरको अन्त्यमा भष्मेले दिवंगत भइसकेको उसको मित्र पशुपतिप्रसादलाई स्मरण गर्छ ।
ट्रेलरमा प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, सजन थापा मगर, माओत्से गुरुङका चरित्रलाई पनि प्रस्तुत गरिएको छ । सात वर्षपछि पनि यी पात्रको जीवनमा खास ठूलो परिवर्तन छैन । उनीहरु पशुपति क्षेत्रमा बसिरहेका छन् ।
टुकी आर्ट्सको ब्यानरमा फिल्मलाई खगेन्द्र लामिछानेले निर्माण गरेका हुन् । फिल्म दशैंको फूलपातीमा रिलिज हुँदैछ ।