फिल्मी फण्डा– दशैंको अवसरमा पारेर ओसिनिया मुलुक न्युजिल्याण्डमा ‘दशैं धमाका’ हुने भएको छ । आयोजक लाखे इभेन्टले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
न्युजिल्याण्डका चार सहरमा हुने कार्यक्रममा गायक प्रमोद खरेल, गायिका मेलिना राई र हास्यव्यंग्य कलाकार सुमन कार्कीले दर्शक झुमाउनेछन् ।
पत्रकार सम्मेलनमा गायक खरेलले न्युजिल्याण्डमा पहिलो पटक आफू जान लागेकाले उत्साहित रहेको बताए । एडमन्ड हिलारीको देशको रुपमा चिनिएको देश न्युजिल्याण्डमा जान आफू उत्साहित रहेको उनले बताए । हास्य कलाकार सुमन कार्कीले आफ्नो जीवनको पहिलो दशैं दर्शकहरुसँग हुने भएको हुँदा उत्साहित रहेको बताए ।