‘परदेशी २’को ‘कुरा सिधा छ’ गीत सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा– असोजको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘परदेशी २’ मा समावेश ‘कुरा सिधा छ’  बोलको गित सार्वजनिक गरिएको छ । डान्सिङ शैलीको यो गीतमा प्रताप दास र मिना निरौलाको स्वर, बीबी अनुरागीको शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु प्रकाश सपुत र वर्षा सिवाकोटीको नृत्य हेर्न सकिन्छ । गोविन्द राइको कोरियोग्राफी रहेको भिडियोलाई मिराज अर्यालले सम्पादन गरेका हुन् । 

नारायण रायमाझीको निर्देशनमा तयार भएको फिल्ममा केकी अधिकारी, प्रशान्त तामाङ, दिलिप रायमाझी, नीर शाह, रमा थपलिया लगायतका कलाकारको पनि अभिनय छ । रमेश बीजीको कथा तथा पटकथामा तयार भएको फिल्ममा राजेश वंशल र नारायण रायमाझीको लगानी छ ।

फिल्ममा मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech