फिल्मी फण्डा । गायक कृष्ण विकको नयाँ गीत ‘रातो टिकी’ सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द, संगीत रहेको छ भने गीतमा कृष्णलाई स्वरमा मेलिना राई र रेखा जोशीले साथ दिएका छन् ।
गीतको भिडियोमा राजेश हमाल, दिलिप रायमाझी, केकी अधिकारी, निता ढुंगाना र घनश्याम जोशीको अभिनय छ । जीबी आग्रीको निर्देशन रहेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।