फिल्मी फण्डा– दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्न लागेको ‘वडा नम्बर ६’ फिल्मको सिक्वेल अर्को वर्षको दशैंमा प्रदर्शन हुने भएको छ । फिल्मी फण्डासँग कुरा गर्दै उनले सो बताए ।
यतिबेला दिपकराज गिरी स्कृप्टको काम गरिरहेका छन । फिल्मी फण्डासँग कुरा गर्दै दिपकराज गिरीले यो फिल्मको पनि निर्देशकमा दीपाश्रीको नै सम्भावना भएको बताए ।
उनीहरुको यो फिल्मको सुटिङ यस वर्षको अन्तिमतिर छायांकन हुनेछ ।
‘अर्को दशैंको फूलपातीमा वडा नम्बर ६ को सिक्वेल आउने कन्फर्म भयो,’ दीपकले फिल्मी फण्डासँग भने , ‘अहिले हामी तीनवटा फिल्मको स्क्रिप्ट लेखिरहेका छौं । आउने वर्ष तीनवटा फिल्म रिलिज हुनेछन् ।’ फिल्ममा कलाकारको भने टुङगो नलागिसकेको उनले बताए ।