फिल्मी फण्डा। अभिनेता अनमोल केसीलाई प्रहरीले म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएको छ । अभिनेता केसीले चलचित्र ‘रावायण’मा अभिनय गर्छु भनेर १० लाख रुपैयाँ लिएर काम गर्न नमानेपछि चलचित्र निर्माता सुप्रीया कटुवालले उनीविरूद्ध उजुरी दिएकी थिइन् ।
आपराधिक विश्वासघातको आरोपमा शुक्रबार पक्राउ परेको अभिनेता केसीलाई आइतबार सरकारी वकिलको कार्यालयमा लगिएको हो । गत भदौ ८ गते उजुरी परेपछि प्रहरीले पटक पटक बोलाउँदा पनि नआएपछि उनलाई पक्राउ गरिएको जनाइएको छ ।