चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले सम्हाले कार्यभार

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पदभार ग्रहण गरेका छन्। सोमबार बोर्डको कार्यालय पुगेर उनले औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्। कार्यालयमा बोर्डका कर्मचारी तथा अन्य पदाधिकारीले उनलाई फूलमालासहित स्वागत गरेका थिए।

बोर्डमा पदभार ग्रहण गर्नुअघि पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अध्यक्ष पदमा नियुक्तिसम्बन्धी पत्र बुझेका थिए। गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

अध्यक्ष पदका लागि १२ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए। तीमध्ये मन्त्रालयले पण्डितसहित नरेशकुमार पौडेल र निशा अधिकारीलाई अन्तिम तीन प्रतिस्पर्धीका रूपमा छनोट गरेको थियो।

पण्डित चलचित्र विकास बोर्डमा बक्स अफिस प्रणाली लागू गर्ने प्रक्रियामा समेत संलग्न थिए। बोर्डकी तत्कालीन अध्यक्ष निकिता पौडेलको कार्यकालमा बक्स अफिस सफ्टवेयर भित्र्याउन उनले भूमिका खेलेका थिए। पण्डित फिल्म निर्माता पनि हुन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech