‘परदेशी–२’को नयाँ गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा– आगामी २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘परदेशी २’ र नारायण रायमाझीको निर्देशन रहेको फिल्मको नयाँ गीत ‘परदेशी छुकछुके रेलैमा’ बोलको झ्याउरे गीत सार्वजनिक भएको छ ।

निर्देशक रायमाझी, तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर रहेको गीतमा रायमाझीकै शब्द रहेको छ भने संगीत  प्रेमदेव गिरीले दिएका छन् । फिल्मको केही दिन अगाडि सार्वजनिक ‘हिजो काम’बोलको गीतले दर्शकबाट राम्रो चर्चा पाएपछि निर्माण युनिटले यो झ्याउरे गीत सार्वजनिक गरेको हो ।

गीतमा अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसँगै अर्का अभिनेता प्रशान्त तामाङको समेत अभिनय देख्न सकिन्छ ।  राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा प्रकाश, केकी र प्रशान्तको अलावा वर्षा सिवाकोटी, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ । 

फिल्मको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech