‘३६ को आँकडा’को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक

काठमाडौं : अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको छ। घटस्थापनाको अवसर पारेर सार्वजनिक गीतमा अञ्जु पन्त र सत्यराज आचार्यको स्वर रहेको छ। गीतका शब्द सुरेश अधिकारीले लेखेका हुन्।

गीतले फिल्मको प्रचारलाई थप गति दिनुका साथै दर्शकमाझ उत्सुकता बढाउने अपेक्षा गरिएको छ।

लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रेखा थापा यस फिल्ममा मुख्य भूमिकामा देखिँदैछिन्। पारिवारिक कथावस्तुमा आधारित फिल्ममा रेखासँगै पूजा शर्मा, निरुता सिंह, पुष्प खड्का र महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ। फरक पुस्ताका कलाकारको उपस्थितिले फिल्मप्रति दर्शकको चासो थप बढाएको छ।

रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा काइट्स इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा रहेको छ। सबिर श्रेष्ठको निर्देशनमा बनेको फिल्मले परिवारभित्रका सम्बन्ध, आपसी मनमुटाव र त्यसबाट उत्पन्न परिस्थितिलाई कसरी प्रस्तुत गर्छ भन्ने चासो छ।

‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech