‘मिस्टर एण्ड मिस लिटिल कोशी’को अडिसन जारी

काठमाडौं । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको ‘मिस्टर एण्ड मिस लिटिल कोशी सिजन १०’ को अडिसन धमाधम भइरहेको छ। प्रतियोगिताको यो दसौं संस्करणमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाइरहेका छन्।

आयोजक संस्थाका अध्यक्ष जय राज रायका अनुसार विराटनगर, इटहरी, धरान, गछिया, विराटचोक, उर्लाबारी, दमक र बिर्तामोडमा अडिसन सञ्चालन भइरहेको छ। अडिसनमा ‘मिस कोशी’का विजेता, स्थानीय समाजसेवी तथा मिडियाकर्मीले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्।

रायका अनुसार प्रारम्भिक अडिसनबाट छनोट भएका प्रतियोगीलाई दसैंको बिदामा प्रशिक्षण दिइनेछ। बालबालिकाको पढाइमा असर नपर्ने गरी प्रतियोगिता सञ्चालन गरिने उनले बताए।

‘बालबालिकामा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले हामीले यो प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्दै आएका छौं,’ रायले भने।

आयोजकका अनुसार प्रतियोगिताको फिनाले छठ पर्वपछि हुनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech