फिल्मी फण्डा– फिल्म ‘नाङ्गो गाउँ’ ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेपछि यसको निर्माण पक्षले सिक्वेलको घोषणा गरेको छ । फिल्मका निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच फिल्मको सिक्वेल बनाउने सहमति भएको हो ।
‘एक राजनीतिक पुनरागमन’ ट्याग लाइनसहित फिल्म ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा गरिएको हो । फिल्मको सिक्वेलमा दयाहाङ राईले निर्वाह गरेको पात्र ‘पासाङ’ केही समयपछि गाउँ फर्किने कथा रहनेछ ।
तिहारपछि छायांकनमा जाने नाम जुराउन बाँकी उक्त कमेडी फिल्ममा दीपेन्द्र लामाकै लेखन रहनेछ ।