पल र जसिताको जोडी बाँधिँदै, दिपेन्द्रलामाले निर्देशन गर्ने

फिल्मी फण्डा । व्यावसायिक निर्माता रोहित अधिकारीले आफ्नोब्यानर रोहित अधिकारी फिल्म्सको ब्यानरमा नयाँ फिल्म निर्माण गर्ने भएका छन् ।फिल्मका लागि अभिनेता पल शाह र अभिनेत्री जसिता गुरुङको जोडी तय भएको छ । निर्माता अधिकारीले पल शाहलाई लिएर निर्माणगर्न लागेको फिल्ममा अभिनेत्रीका रूपमा जसिता गुरुङसँग सोमबार सम्झौता गरेका हुन् ।

यस्तै, फिल्म निर्देशनका लागि निर्देशक दिपेन्द्र लामासँग पनि सोमबार नै सम्झौतागरिएको रोहित अधिकारी फिल्म्सले जनाएको छ । यसअघि अभिनेता पल शाहसँग मौखिक सहमतिभइसकेको निर्माता रोहित अधिकारीले बताएका छन् । अब पल शाह र जसिता गुरुङ पहिलोपटकजोडीका रूपमा पर्दामा देखिने भएका छन् । फिल्मको शीर्षक भने तय भइसकेको छैन । हालफिल्मको कास्ट एन्ड क्रिउ फाइनल गर्ने काम भइरहेको छ ।

अन्य कलाकारलाई पनि छिट्टैअनुबन्ध गरेर फिल्म छायांकनमा जाने तयारी निर्माण पक्षको छ । फिल्मको निर्देशन दिपेन्द्र लामाले गर्नेछन् भनेनिर्माण रोहित अधिकारीले गर्नेछन् । फिल्मका अन्य प्राविधिक तथा कलाकारहरूको टुंगोलागेपछि निर्माण पक्षले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसैबीच, रोहित अधिकारी फिल्म्सले अभिनेताअनमोल केसीसँग ‘फर्की फर्की’पछि त्यसैको सिक्वेलका रूपमा अर्को फिल्म निर्माण गर्नेजानकारी यसअघि नै सार्वजनिक गरिसकेको छ । उक्त फिल्मका लागि अभिनेता अनमोल केसीसँगसम्झौता समेत भइसकेको निर्माण पक्षले जनाएको छ ।

यसरी रोहित अधिकारी फिल्म्सले एकैपटकफरक–फरक प्रोजेक्टलाई अगाडि बढाउँदैछ । पल शाह–जसिता गुरुङको जोडी रहनेफिल्मको शीर्षक, अन्य कलाकार तथा छायांकनसम्बन्धी थप विवरण भने निर्माण पक्षले क्रमशःसार्वजनिक गर्ने तयारी गरेको छ । 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech