गायिका मञ्जु लावतीको नयाँ तीज गीत ‘हितैको माया’ सार्वजनिक

फिल्मी फण्डा। गायिका मञ्जु लावतीको नयाँ तीज गीत ‘हितैको माया’ सार्वजनिक भएको छ। कुमार सानु पुनको शब्द तथा संगीत रहेको गीत मञ्जु लावतीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक भिडियोमा विवाहित जोडीबीचको माया–प्रेमलाई प्रस्तुत गरिएको छ। भिडियोमा मोडल पविर्ता आचार्यसँगै प्रकाश जंग कार्की र सुन्दर हाङ कार्कीलाई देख्न सकिन्छ। पविर्ता आचार्यले भिडियोमा नृत्यसमेत गरेकी छन्।

तारावीर पाण्डेको निर्देशन रहेको भिडियोको छायांकन सुनिल राउतले गरेका हुन्। भिडियोको सम्पादन सुशील ढाँगीले गरेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech