फिल्मी फण्डा– अभिनेत्री उषा रजकले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले अभिनेता अनुप बरालको दबाबमा निर्देशक भुषण दाहालले दीयालाई कास्ट गरिएको आरोप लगाएकी हुन् ।
‘ राता रात म आउट र दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ । त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखें,’ रजक लेख्छिन्, ‘ यो कुराको न त मसँग प्रुफ छ, न त आज भुषण दाइले मान्नु हुनेछ कि वहाँले अनुप सरको प्रेसरमा आएर वहाँको कुरा मान्नु भयो । दाइको पहिलो फिल्म थियो, वहाँ नर्भस हुनुभयो होला ।’
रजकले बरालविरुद्ध कास्टिङ काउचको आरोप पनि लगाएकी छन् । ‘कागबेनी’को मुख्य पात्रको लागि निर्देशक दाहाल र टिमले आफूसहित पूजा गुरुङ, शिवानीसिंह थारु, दीया मास्के, आशा मगरातीसँग अडिसन लिएको रजकले बताएकी छन् । उनको तलको फेसबुक स्टाटस पढनुहोस ।