‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याउ बाबा पिडा भुल्ने मुटु’ सार्वजनिक ( भिडीयो सहित )

फिल्मी फण्डा। आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को मार्मिक गीत ‘कहाँबाट ल्याउ बाबा पिडा भुल्ने मुटु’ सार्वजनिक गरिएको छ। गीतले विपत्तिका बेला सन्तानले बुवाप्रति व्यक्त गर्ने पीडा र भावनालाई प्रस्तुत गरेको छ।

गीतका शब्द फिल्मका अभिनेता प्रमोद दीपले लेखेका हुन् भने संगीत अभि सुनारको रहेको छ। गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियोमा कलाकारहरूको भावपूर्ण अभिनय देख्न सकिन्छ।

पूजा गुरुङ र जस्मिन श्रेष्ठ निर्मित फिल्मको लेखन तथा निर्देशन ओम प्रतीकले गरेका हुन्। पछिल्लो समय प्रचार–प्रसारमा रहेको फिल्मले सामाजिक रूपान्तरणको सन्देश बोकेको निर्माण पक्षको दाबी छ।

फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहारीको अभिनय रहेको छ। निर्देशक ओम प्रतीक स्वयं पनि प्रमुख भूमिकामा देखिएका छन्।

यसअघि सार्वजनिक गरिएको फिल्मको प्रमोसनल गीतमा दीपाश्री निरौला, पूजा शर्मा र मिथिला शर्मालगायत कलाकारको सहभागिता रहेको थियो। उक्त गीतले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएपछि नयाँ गीतले पनि दर्शकको साथ पाउने अपेक्षा निर्माण टिमले गरेको छ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको ‘हली’ ले एउटा साधारण हलीको साहस, इमानदारी र संघर्षमार्फत समाजमा परिवर्तन सम्भव रहेको सन्देश दिन खोजेको निर्माण पक्षले जनाएको छ।

फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको अर्को गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर रहेको छ।

फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सहनिर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायांकन रहेको फिल्मको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ।

नेसनल सिने ग्रुप प्रालिले वितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech