फिल्मी फण्डा । वरिष्ठ गीतकार अमर वान्तु र साहित्यकार हरि ढुंगेललाई हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ अन्तर्गत दीर्घसाधना सम्मान प्रदान गरिने भएको छ।
अवार्ड संयोजक गीता अधिकारीका अनुसार नेपाली भाषा, साहित्य, गीतसंगीत, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उहाँहरूले पुर्याएको दीर्घकालीन योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गर्न लागिएको हो।
अवार्डका अध्यक्ष गणेश सुवेदीका अनुसार आगामी साउन ३ गते (१९ जुलाई) भारतको सिक्किमस्थित राभङलामा आयोजना हुने समारोहमा नेपाली गीतसंगीतका स्रष्टा, कला पत्रकार तथा बालप्रतिभालाई समेत विभिन्न विधामा सम्मान गरिनेछ। यसअघि दीर्घसाधना सम्मानबाट राजु सिंह, गुरुदेव कामद, चन्द्रकला शाह, ज्ञानु राणा र खड्ग गर्बुजा सम्मानित भइसकेका छन्।