पहिलो फिल्ममै मुख्य भूमिकामा ‘भटभटे माइला’

फिल्मी फण्डा। ‘भटभटे माइला’ पात्रबाट परिचित कमेडियन बेगम नेपालीले फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्।


अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने फिल्मको छायांकन यही सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। फिल्मका निर्माता रघुनाथ सापकोटा हुन्।


फिल्ममा बेगमसँगै गायक पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की र कमेडियन प्रभात लामा मुख्य भूमिकामा देखिनेछन्। अन्य कलाकारको नाम भने क्रमशः सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।


फिल्मका गीत पशुपति शर्माले तयार गर्नेछन् भने छायांकन संकल भुजेलले गर्नेछन्।
टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’ पात्रबाट लोकप्रिय बनेका बेगमका लागि यो पहिलो फिचर फिल्म हो।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech