फिल्मी फण्डा। अमेरिकाको ओहायोमा बस्दै आएका गीतकार रुपेश शर्माको नयाँ गीत ‘मायाको चिनो’ सार्वजनिक भएको छ। आर क्युब इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको गीतको भिडियो प्रेमकथामा आधारित छ।
गीतमा सिडी विजय अधिकारी र मनीषा राईको स्वर रहेको छ। संगीत सिडी विजय अधिकारीले दिएका हुन् भने म्युजिक प्रोडक्सन, मिक्सिङ र मास्टरिङ पुष्कर खत्रीले गरेका छन्। सिडी विजय अधिकारी र मनीषा राई श्रीमान–श्रीमती हुन्।
भिडियोमा रुपेश शर्मा, रुकमिना तिम्सिना र सुरवीर पण्डितको अभिनय छ। प्रेममा रहेका दुई पात्रबीच मायाको चिनोका रूपमा औँठी र रुमाल साटासाट हुने प्रसंगलाई भिडियोमा चित्रण गरिएको छ। संवाद र नृत्यलाई समेत समेटिएको भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबाहकले गरेका छन्।
भिडियोको छायांकन रामकुमार केसीले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ कल्पेश विश्वकर्माको रहेको छ। मेकअप गीत तामाङ, ग्रुप लिडर राजाराम सिंखडा र सहायक निर्देशन राहुल अधिकारीले सम्हालेका छन्। भिडियोको पोस्ट–प्रोडक्सन एन अल्फा स्टुडियोमा गरिएको छ।