फिल्मी फण्डा। हास्यकलाकार तथा गायक राजा राजेन्द्र पोखरेलले 'सालको पात' बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। सार्वजनिक गीतमा वैदेशिक रोजगारीमा गएका युवा साउदीको जेलमा परेपछिको पारिवारिक पीडालाई प्रस्तुत गरिएको छ।
राजा राजेन्द्रको स्वर रहेको गीतमा श्रमदीप चौलागाईंको शब्द र संगीत छ। भिडिओमा अभिनेत्री शिल्पा पोखरेलले साउदीको जेलमा परेका श्रीमानलाई झिकाउन सक्दो प्रयास गरिरहेकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन्। गीतमा शिल्पासँगै युवराज गौतम, सुरवीर पण्डित र एलेक्स खड्काको अभिनय देख्न सकिन्छ।