ओम सुनारको स्वरमा ‘म देश रोएको होइन, हाँसेको हेर्न चाहान्छु’ सार्वजनिक

फिल्मी फण्डा। गायक ओम सुनारको स्वरमा रहेको नयाँ गीत ‘म देश रोएको होइन, हाँसेको हेर्न चाहान्छु’ सार्वजनिक गरिएको छ। गीत शनिबार ओम सुनारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

दविन चन्द्र राईको शब्द रहेको गीतमा लगानी पनि उनकै रहेको छ। गीतमार्फत देशप्रतिको माया, आशा र सकारात्मक सन्देश व्यक्त गर्ने प्रयास गरिएको छ।

सार्वजनिक भिडियोमा गायक सुनारलाई स्टुडियोमा गीत रेकर्ड गरिरहेको दृश्य समावेश गरिएको छ। भिडियोको निर्देशन पूजा ठकुरीले गरेकी छन् भने कोरियोग्राफी उमेश शाहको रहेको छ। छायांकन तथा सम्पादन विनोद बमले गरेका हुन्।

गीतकार तथा लगानीकर्ता दविन चन्द्र राई हाल रोजगारीका सिलसिलामा मलेसियामा छन्। विदेशमा रहे पनि नेपाली गीत–संगीतप्रतिको उनको सक्रियता निरन्तर देखिएको छ।

यसअघि पनि उनले विभिन्न सांगीतिक परियोजनामा लगानी गर्दै आएका छन्। उनका यस्ता प्रयासले नयाँ सिर्जना र प्रतिभालाई प्रोत्साहन मिलिरहेको बताइएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech