फिल्मी फण्डा। गायिका तथा मोडल मेमिसा घले र गायक दिनेश घिमिरे ‘मुस्कान’को स्वर रहेको गीत ‘एक नजर हेरतो’ सार्वजनिक भएको छ।
दिनेश घिमिरेकै शब्द तथा संगीत रहेको गीतमा एरेन्ज, मिक्सिङ र मास्टरिङ आरिम सुनारले गरेका छन्। गीत मेमिसा घलेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गायक दिनेशका अनुसार मेमिसा बेलायतबाट नेपाल आएका बेला भएको भेटपछि गीतमा सहकार्य गर्ने सहमति बनेको थियो।
गीतको भिडियोमा कलाकार बुद्धी तामाङ, मेमिसा घले र धन घलेको अभिनय रहेको छ। भिडियोले प्रेमभावलाई प्रस्तुत गरेको छ।
धन घलेको निर्माण रहेको भिडियोमा निर्देशन तथा सम्पादन दिनेश घिमिरेले गरेका छन्। छायांकन सञ्जिला सुमित्रा र वीरेन्द्र परियारको, कलर ग्रेडिङ मनोज कार्कीको, मेकअप सरिता प्रजापतिको तथा प्रोडक्सन टुकमा बीके (गोपाल)को रहेको छ।
दिनेश घिमिरेका ‘बुट्टे चोली’, ‘मै झिल्के’ र ‘आकाश राम्रो जुनले’ लगायत गीत यसअघि सार्वजनिक भइसकेका छन्।