‘कहीँ नभाको जात्रा’ सार्वजनिक, सियोन र मेलिना राईको स्वर

फिल्मी फण्डा । गायिका मेलिना राई र भ्वाइस अफ नेपाल सिजन ७ का प्रतियोगी सियोन महर्जन को स्वरमा रहेको नयाँ गीत ‘कहीँ नभाको जात्रा’ सार्वजनिक भएको छ।

गीतमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको छ। रेकर्डिङ शंकर लिम्बुले गरेका हुन् भने संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ विश्व अधिकारीले गरेका छन्।

सार्वजनिक म्युजिक भिडियोमा सियोन महर्जनसँगै खुसी कार्की को अभिनय रहेको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी सियोन श्रेष्ठ ले गरेका छन्। छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन तथा रंग संयोजन मनोज कार्कीले गरेका छन्।

भिडियोका निर्माता डा. साइअन महर्जन हुन् भने निर्माण व्यवस्थापनको जिम्मेवारी निर्मल न्यौपानेले सम्हालेका छन्। भिडियो क्षितिज महर्जनद्वारा प्रस्तुत गरिएको हो।

आधुनिक शैलीमा तयार गरिएको ‘कहीँ नभाको जात्रा’ ले मनोरञ्जनसँगै समकालीन नेपाली संगीतको नयाँ स्वाद प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास रहेको छ। गीत तथा भिडियो सियोन महर्जनको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech