‘गुदरी काम्लो’ लिएर आए हिरा रनपाल (भिडियो सहित)

फिल्मी फण्डा  । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय सर्जक तथा गायक हिरा रनपाल ले नयाँ गीत ‘गुदरी काम्लो’ सार्वजनिक गरेका छन्। विष्णु भण्डारीको शब्द, हिरा रनपालकै लय तथा स्वरमा तयार भएको उक्त गीतको भिडियो सार्वजनिक भएसँगै श्रोता तथा दर्शकमाझ पुगेको हो।

गीतमा हिरा रनपालसँगै दीपिका बयम्बु मगर को स्वर रहेको छ। पवन परियारले सङ्गीत संयोजन (एरेन्ज) गरेको गीतको मिक्सिङ तथा मास्टरिङ खड्ग बाजुरालीले गरेका छन्।

‘हिरा रनपाल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा हिरा रनपालसँगै जुनु एसडी को अभिनय तथा नृत्य प्रस्तुत गरिएको छ। भिडियोको निर्माण मनकुमारी रनपालले गरेकी हुन् भने निर्देशन धनबहादुर तामाङ (सागर) ले गरेका छन्।

यसैगरी, भिडियोको छायाङ्कन रेशम दर्लामी मगरले गरेका छन् भने सम्पादन राजेश कुमारले गरेका छन्। निर्माण नियन्त्रकको जिम्मेवारी विवेक सूर्यवंशी रनपाल र विविका सूर्यवंशी रनपालले निर्वाह गरेका छन्।

लोक शैलीमा आधारित ‘गुदरी काम्लो’ गीतले ग्रामीण जीवन, प्रेम र सामाजिक यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech