एउटै मञ्चमा दुर्गेश थापादेखि टीका सानुसम्म

फिल्मी फण्डा । दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा जेठ २९ देखि ३१ गतेसम्म विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। दरबारमार्गस्थित मायालु कम्प्लेक्समा हुने कार्यक्रममा गायक दुर्गेश थापा, टीका सानु, प्रेम राजा महत, राजु परियार, रामजी खाँणलगायत चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ।

वार्षिकोत्सवको अवसरमा क्लबले दृष्टिविहीन तथा संघर्षरत कलाकारहरूलाई वार्षिक रूपमा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। यसैक्रममा क्लबका सञ्चालक सुनिल कुँवरले दृष्टिविहीन कलाकारहरूको संस्थालाई ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्।

क्लबका अनुसार सांगीतिक मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै कार्यक्रम आयोजना गरिएको हो।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech