पल शाह–अस्मिता जुरेलीको रोमान्टिक केमेस्ट्रीमा ‘कुरो बुझेसी’

फिल्मी फण्डा । अभिनेता पल शाह र मोडल अस्मिता जुरेलीको आकर्षक अभिनय तथा नृत्य रहेको नयाँ म्युजिक भिडियो ‘कुरो बुझेसी’ सार्वजनिक गरिएको छ। गायक तथा संगीतकार आशिष अविरल र गायिका मेलिना राईको स्वरमा सजिएको गीतले प्रेमभावलाई सुमधुर ढंगले प्रस्तुत गरेको छ।

सुन्दर हमालको शब्द रचना रहेको गीतमा संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङको सम्पूर्ण जिम्मेवारी आशिष अविरलले नै सम्हालेका छन्। गीतको रेकर्डिङ राग एन्ड आरएल स्टुडियो (अमेरिका) र एमडी बाल्टिमोरमा गरिएको हो।

सार्वजनिक भिडियोमा पल शाह र अस्मिता जुरेलीको रोमान्टिक केमेस्ट्री विशेष आकर्षणका रूपमा देखिएको छ। प्रेम सम्बन्धमा एकअर्कालाई राम्रोसँग बुझिसकेपछिको भावनात्मक यात्रालाई गीत र दृश्यमार्फत प्रस्तुत गरिएको छ। पल र अस्मिताको जोडी तथा उनीहरूको नृत्य प्रस्तुतिले दर्शकको ध्यान खिच्ने विश्वास निर्माण टिमले गरेको छ।

अमित कुमार चन्दको निर्माण रहेको भिडियोको निर्देशन शान थापाले गरेका छन्। भिडियोमा सञ्जय विश्वकर्माको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, विवेक सुनारको सम्पादन तथा मिलन विश्वकर्माको कलर ग्रेडिङ रहेको छ।

कलाकारहरूको पहिरन अनुस्का डीसी (आश्री क्रिएसन) ले तयार पारेकी हुन् भने मेकअपको जिम्मेवारी सीता मगरले सम्हालेकी छन्।

प्रेमिल भाव, सशक्त प्रस्तुति र आकर्षक दृश्य संयोजनका कारण ‘कुरो बुझेसी’ दर्शकमाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ। गीत पल शाहको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech