मार्मिक लामाको ‘हिँड मसँगै’ सार्वजनिक

फिल्मी फण्डा। गायक मार्मिक लामाको स्वरमा नयाँ गीत ‘हिँड मसँगै’ सार्वजनिक गरिएको छ । सोमबार गायक मार्मिक लामाको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

 

गीतमा शब्द तथा संगीत पनि मार्मिक लामाकै रहेको छ । यसअघि उनको गीत ‘फुल बुटे सारी’ले दर्शकबाट राम्रो माया पाएको थियो । त्यसकै सफलतापछि नयाँ गीतलाई पनि दर्शकले रुचाउनेमा आफू आशावादी रहेको मार्मिक लामाले बताएका छन् ।

 

सार्वजनिक भिडियोमा दुई जोडीबीचको प्रेमकथालाई देखाइएको छ । भिडियोमा मोडल अम्बिका तामाङ र विवेक कार्कीको अभिनय देख्न सकिन्छ । अम्बिका लामाले यसअघि पनि नेपाली तथा तामाङ गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

 

रोबन मगरको निर्देशनमा तयार भएको भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् । गीत सार्वजनिक भएको छोटो समयमै दर्शकबाट राम्रो प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ ।

 
 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech