गायक एलेक्स डी प्रशन्नले ल्याए नयाँ गित ‘ढुकढुकी’

फिल्मी फण्डा। गायक एलेक्स डी प्रशन्नको स्वरमा सजिएको नयाँ गीत ‘ढुकढुकी’ सार्वजनिक भएको छ। एलेक्सकै शब्द तथा संगीत रहेको उक्त गीतले प्रेम र भावनाको गहिरो अनुभूति प्रस्तुत गरेको छ।

गीतको संगीत संयोजन विवेक जंग खड्काले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ आभास भेटवालले गरेका छन्।

गीतको भिडियो सुजन श्रेष्ठको निर्देशनमा तयार भएको हो। भिडियोमा गायक एलेक्स स्वयंले अभिनय गरेका छन्। उनलाई अभिनयमा रिया सुन्दास, जेसिका कटवाल, सन्तोष विष्ट र दिलीपले साथ दिएका छन्।

पंकज महरा र सुसान ठटालको छायांकन रहेको भिडियोको सम्पादन सार्थक श्रेष्ठले गरेका हुन् भने कलर ग्रेडिङ शशांक डीसीले गरेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech