‘बेरंगी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

फिल्मी फण्डा।  ‘बेरंगी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शन्त कुमार राईको शब्दमा तयार भएको यस गीतमा देबेश राईको संगीत, कम्पोजिसन, एरेन्ज, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ।

 

लामो समय देखी नेपाली गीत संगीतमा सक्रिय शन्त राईको यस अघि थुप्रै गीत सार्वजनिक भइ सकेका छन्।  राइले संचार क्षेत्रमा समेत लामो समय कार्य गरेका छन्।    गीतमा प्रशान्त सिवाकोटी र ससिका राईको स्वर रहेको छ भने रेकर्डिङको रंगकासुराई  स्टुडियोमा गरिएको हो।

 

किरण राईको निर्देशन तथा कथा रहेको यस म्युजिक भिडियोमा शन्त कुमार राई, अन्जना थुलुङ, राजन कुमार राई र बिस्व राईको अभिनय देख्न सकिन्छ। छायांकन, सम्पादन तथा कलर इसाक जबेगुको रहेको छ। भिडियो आकर्षक बनेको छ।   उक्त म्युजिक भिडियो सार्वजनिक भएसँगै दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech