आनन्द कार्की र मिलन नेवारको 'एकै पल्टमा' साक्षी र सुशान्त (भिडियो)

फिल्मी फण्डा । गायक आनन्द कार्की र गायिका मिलन नेवारको  एकै पल्टमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा  प्रकाश पुञ्जको शब्द तथा शिखर सन्तोषले संगीत रहेको छ । 

गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ । प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा मोडलद्वय सुशान्त ढकाल र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको  यात्राको क्रममा देखभेट पछि झांगिदै गएको प्रेमलाई निर्देशक  सुब्रत आचार्यले कलात्मक शैलीमा निर्देशन गरेका छन् । भिडियोका मोडल सुशान्तले यो गीतबाट आफूले निकै नै आशा गरेको बताएका छन् । 

 

र्‍याम्प हुँदै  म्यूजिक भिडियोमा व्यस्त बनेका भक्तपुरका सुशान्तका यसअघि छाडी गयौ, एक चोटी त बोलिदेउ, निधारैमा टिकी , लगायतका भिडियो बजारमा आइसकेका छन् । सार्वजनिक गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने कलरिङ र सम्पादन विष्णु खड्काले गरेका हुन् ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech